प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए। संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए। उनलाई […]
फिचर
मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च जाने
सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरीत भएको भन्दै नेकपा एमाले फेरी सर्वोच्च अदालत जाने भएको छ। संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च अदालत जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर […]
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सीआईबीले प्रतिवेदन बुझायो
काठमाण्डौ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सीआईबीले यस प्रकरणमा संलग्न भनिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम […]
कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विस्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ । सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो । विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख […]
सुकुना क्याम्पस र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन बीच सहकार्य गर्ने सहमति
मोरङको सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पस र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) बीच प्राज्ञिक कार्यमा सहकार्य गर्ने सहमति भएको छ । शुक्रबार सुकुना बहुमुखी क्याम्पसमा एक समारोहका बीच भएको सहमतिअनुसार अनुसन्धान तथा विद्यार्थी सहयोग कार्यक्रम सञ्चालन गर्ने र यसका लागि क्यम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको लागि एडभान्स रिसर्च राइटिङ तथा प्रकाशनको तीन क्रेडिट […]





