मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]
जीवनशैली
सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा चार्डपर्व लक्षित शान्ति–सुरक्षाबारे छलफल
विराटचाेक / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । विगतका वर्षमा पनि […]
सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशिल समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले […]
पाथिभरा स्वतन्त्र महिला समाजको नवौं वार्षिकोत्सव सम्पन्न
विराटचाेक / मोरङकाे सुन्दरहरैंचामा क्रियाशील पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो। साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो। सो अवसरमा समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको […]
व्यक्तिगत घटना दर्ता एक पटकका लागि सच्याउन पाइने
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, […]
सुन्दरहरैंचामा यही साउन २६ गते बृहत लाखे जात्रा प्रदर्शनी
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा–९ स्थित काली खोला परिसरमा कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत लाखे जात्रा प्रदर्शनी हुने भएको छ। नेवा देय दबू मोरङ जिल्ला कार्यसमिति र इन्द्रपुर नेवा पुच: सुन्दरहरैंचाको संयुक्त आयोजनामा साउन २६ गते सोमबार जिल्ला स्तरीय लाखे नाच प्रदर्शनी आयोजना हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको जानकारी इन्द्रपुर नेवा: को […]
आज साउने संक्रान्ति पर्व कसरी मनाउने?
विराटचाेक – प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु […]
सुन्दरहरैंचा-९ मा फोहर वर्गीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
माेरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा सरसफाइ तथा फोहर वर्गीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएकाे थियो । कार्यक्रममा विभिन्न विद्यालय, मठ–मन्दिरहरूमा डस्टबिन वितरण गरिनुका साथै टोल विकास संस्थाहरूको अगुवाइमा सरसफाइ गरिएको थियो। हसिना मिडिया प्रा.लिको सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, […]
हात्ती नियन्त्रणमा उपयोगी निम, पूर्वाञ्चल विश्वविद्यालय परिसरमा राेप्ने अभियान
विराटचाेक/ माेरङकाे सुन्दरहरैँचा स्थिति गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कलेज अफ इन्भारमेन्ट एण्ड फरेस्ट्रीमा वृक्षारोपण अभियान सुरु गरिएको छ। सामुदायिक विकास एण्ड सोलुसन प्रालीको सौजन्यमा सञ्चालित उक्त अभियान अन्तर्गत विश्वविद्यालय परिसरमा १० हजार निमका बिरुवा रोप्ने लक्ष्य लिइएको हो। कलेजले विभिन्न अध्ययन तथा अनुसन्धानबाट निमको वनले वन्यजन्तु—विशेषतः हात्तीको प्रकोप न्यूनीकरणमा सहयोग पुग्ने देखिएको आधारमा यो […]
आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
विराटचाेक: कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो […]










