मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]
पर्यटन
विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन
विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने
बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका […]
लेटाङमा भव्य समारोह बिच पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन
लेटाङ/ १८औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित मोरङको लेटाङ नगरपालिका–४ मा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) आज उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्त रूपमा […]
लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन हुने
लेटाङ / मोरङको लेटाङ नगरपालिका–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) यहि भदौ १३ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको छ। “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि र नेपालका लागि जापानका राजदूत विशिष्ट अतिथि रहनेछन्। कार्यक्रममा सांसद, जापानबाट आएका प्रतिनिधि तथा […]
पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे
विराटचाेक: माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्। जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ। विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै […]
छवि वैरागीद्वारा लिखित उपन्यास ‘विविशारा’ विमाेचनकाे तयारीमा
विराटचाेक : साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा नामक उपन्यास प्रकाशन हुने भएको छ । प्रकाशनकाे काम धमाधम भईरहेकाले दशैसम्ममा याे कृति विमाेचन भई बजारमा आउने भएको छ । घिमिरेको यो उपन्यास बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थ कथामा केन्द्रित छ। उपन्यासमा सामाजिक विभेददेखि अलौकिक मायाप्रेम, र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ […]
विद्युत ट्रान्सफर्मर चोरी गर्ने ७ जना र खरिद गर्ने ५ जना पक्राउ
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरेको छ। साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका […]
बालबालिकालाई मोबाइलको लत छुटाउन ‘ प्रकृतिमा छुम्ने ठाउँ ’बनाउँदै सलकपुरका युवा
विराटचाेक: माेरङकाे सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित भूल्के मन्दिर छेउको वन क्षेत्रमा स्थानीय युवाहरूले बालमैत्री पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालेका छन्। पहिले झाडी, फोहोर र अव्यवस्थित रहेको उक्त क्षेत्रलाई युवाहरूले सरसफाइ गरी आकर्षक बनाउँदै लगेका हुन्। बैशाख १ गतेदेखि सुरु गरिएको अभियानमा कुनै पनि संघसंस्थाको आर्थिक वा भौतिक सहयोग छैन। युवाहरू आफै जुटेर हरियाली विस्तार, खुला […]
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु
विराटनगर । सुनसरीमा शनिबार साँझ दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा साँझ ७ः२० बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी […]










