अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । […]
अन्तर्राष्ट्रिय
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङु गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ […]
स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने
काठमाडौंः नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केट बोर्डिंङ फेडेरेशन तथा न्युजिल्यान्ड स्केट बोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुन गइरहेको ओसेनिया महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आगामी भदौ १० देखि २० गतेसम्म हुने महासभामा सम्बोधन गर्ने अध्यक्ष खनालले जनाएका छन् । सो कार्यक्रममा […]
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाए
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ अक्षय कुमार क्यानडाका नागरिक थिए । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको […]
नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव सम्पन्न
विराटचोकः नई एकेडेमी अस्ट्रेलियाले ग्रानभिलको रातो घरमा अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू […]
रुसी सेनाद्वरा अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध
रुसी सेनाले अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध पश्चात् अब रुसी सेनाका सदस्यहरुले एप्पलका आइफोन, आइप्याड तथा म्याक लगायतका उपकरणहरु प्रयोग गर्न पाउने छैनन् । रुसी सेनामा एप्पलका प्रडक्टमाथि प्रतिबन्ध लगाएको विषयमा इन्टरफ्याक्स समाचार एजेन्सीले एक मन्त्रीलाई उद्धृत गर्दै शुक्रबार समाचार प्रकाशित गरेको थियो । उक्त समाचार अनुसार रुसको डिजिटल […]
उड्नै लागेको विमानमा चरा ठोकिएपछि।
बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको […]