बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका […]
खेलकुद
मोरङकी दीपा विष्ट चौथोपटक बनिन् विश्वच्याम्पियन
थाइल्यान्डमा सम्पन्न विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइभिपी च्याम्पियनसिपमा मोरङ सुन्दरहरैँचाकी खेलाडी दीपा विष्टले लगातार चौथोपटक विश्वच्याम्पियन बन्ने कीर्तिमान राखेकी छिन् ।२०८२ असार ३२ देखि ३ साउन (जुलाई १६–१९, २०२५) सम्म थाइल्यान्डको फत्तायामा सम्पन्न उक्त प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका– ११, की ३० वर्षीया खेलाडी दीपा ९० केजी तौल उठाउँदै १८ देशका प्रतिस्पर्धीलाई पछि पारेर चौथोपटक पनि विश्वच्याम्पियन […]
यस्तो छ सुन्दरहरैँचाकाे आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे १६ औँ नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईंले वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आइतबार नगरपालिकाकाे सभाहलमा आयाेजित सभामा नगरकाे प्राथमिकता क्षेत्र पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई समेटेर निति तथा कार्यक्रम पेश गरिएको हाे । पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नु
सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुम्यो
विराटचाेक । माेरङकाे सुन्दरहरैँचामा जारी तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो । सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का […]
प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु , सभामुख विष्टद्वारा उद्घाटन
विराटनगर : कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव – २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने खेलकुद महोत्सवको उद्घाटन गर्नु भएको हो। महोत्सवको उद्घाटन गर्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै खेलकुदलाई पाठ्यक्रममा […]
लेटाङ खेलकुद महाेत्सव: महिला र पुरूष भलिवलतर्फको उपाधि लेटाङ ७ ले जित्यो
लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ । आज मंगलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधिमा कब्जा जमाएको हो ।पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा […]
बाघचालमा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन
लेटाङ / लेटाङ खेलकुद महोत्सव अन्तरगत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन बनेका छन् । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बनेका हुन् ।रामकुमार श्रेष्ठसँग पराजित भएका लेटाङ ६ का चन्द्रकुमार श्रेष्ठ दोश्रो भए भने लेटाङ […]
माघ ३० गतेदेखि सञ्चालन हुने सुन्दरहरैँचा विराट एक्स्पाेकाे तयारी अन्तिम चरणमा
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा यही माघ ३० देखि फागुन १० गतेसम्म सुन्दरहरैंचा विराट एक्स्पो ४ सञ्चालन हुने भएको छ । आयोजकले आइतबार एक्स्पो स्थलमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने हुनुभएको छ । आइतबार एक्स्पोस्थलमा पत्रकार सम्मेलन गरी मूल समारोह […]
कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा […]
विराट भेट्रान अन्तर्राष्ट्रिय गाेल्डकपमा झापाकाे विजयी शुरूवात : आज आयाेजक बि. र उर्लाबारी भिडने
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताकाे उदघाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गाेलका विरूद्व ६ गोलकाे अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरूवात गरेको छ । नगरकाे सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयाेजित प्रतियाेगितामा सिक्किम (भारत) लाई पछि पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कडा प्रतिष्पर्दा […]










