फिचर समाचार

लेटाङमा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्तालाई सम्मान

लेटाङः लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्ता सम्मान तथा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम समापन गरिएको छ । “बेलैमा गरौँ मिलाप, नगरौँ विलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखा पर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा अधिवक्ता गणेशराज लुइँटेलले सहजीकरण […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैचाले छात्रासँग उपमेयर कार्यक्रममार्फत विपन्न तथा जेहेन्दार छात्रालाई गर्याे आर्थिक सहयोग

सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]

कोशी प्रदेश फिचर समाचार सूचना प्रबिधि स्थानिय

मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका

देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरी […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

तेली खोलामा ४ करोडको पक्की पुल योजना अलपत्र, काम सुरु गराउन मेयरउपमेयरको पहल

लेटाङ ९ पुस । मोरङको लेटाङ ८ जाँते बजारबाट मिक्लाजुङ ५ बेलटार जोड्ने हजारौँ मानिसको दैनिक आवतजावत हुने साथै पर्यटकीय रमितेसहितका क्षेत्रमा पुग्ने वैकल्पिक मार्गका रुपमा महत्वपूर्ण मानिने तेली खोलाको पक्की पुल निर्माण कार्य अझै सुरु हुन सकेको छैन । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन […]

कृषि-बातावरण जीवनशैली फिचर समाचार स्थानिय

केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन

केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ। केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध

लेटाङ : माेरङकाे लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

रङ्गेलीमा ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न

विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख […]

फिचर समाचार

लेटाङको वडा नम्बर ४ हुने भयो नगरको पहिलो बालमैत्री वडा

लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्वर ४ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बालमैत्री वडा घोषणा गर्नुपूर्व हालै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई नेतृत्वको टोलीले वडाको स्थलगत अनुगमन गरी समन्वय बैठक सम्पन्न भएको छ । बैठकले मंसिर २४ गते एक कार्यक्रम गरी नगरको पहिलो वडा घोषणा गरिने भएको हो । लेटाङ नगरपालिका […]

कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

तरूल खेतीमा बढ्दो आकर्षण : सुन्दरहरैंचाका दुई वडाबाट मात्रै २ करोडको कारोबार हुने अनुमान

विराटचोक — सुन्दरहरैंचा नगरपालिकाका किसान यतिबेला नगदे बालीका रूपमा कन्दमूल तरूल खन्नमै व्यस्त छन्। विगत दुई वर्षयता यस क्षेत्रमा तरूल खेतीप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। वडा नम्बर ७ र ८ राजमार्ग उत्तर तर्फका जमिनमा  आजभोलि तरूल खेती जताततै देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले करिब तीन वर्षअघि थोरै जग्गाबाट तरूल खेती सुरु […]

कोशी प्रदेश जीवनशैली फिचर समाचार स्थानिय स्वास्थ्य

अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई व्हीलचेयर वितरण

विराटचोक । इन्द्रपुर जेसीजले अपाङ्गता दिवसको अवसरमा पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण गरेको छ। जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो। कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन लक्षित गरी […]