सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]
कोशी प्रदेश
मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका
देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरी […]
तेली खोलामा ४ करोडको पक्की पुल योजना अलपत्र, काम सुरु गराउन मेयरउपमेयरको पहल
लेटाङ ९ पुस । मोरङको लेटाङ ८ जाँते बजारबाट मिक्लाजुङ ५ बेलटार जोड्ने हजारौँ मानिसको दैनिक आवतजावत हुने साथै पर्यटकीय रमितेसहितका क्षेत्रमा पुग्ने वैकल्पिक मार्गका रुपमा महत्वपूर्ण मानिने तेली खोलाको पक्की पुल निर्माण कार्य अझै सुरु हुन सकेको छैन । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन […]
सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध
लेटाङ : माेरङकाे लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक […]
रङ्गेलीमा ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न
विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख […]
तरूल खेतीमा बढ्दो आकर्षण : सुन्दरहरैंचाका दुई वडाबाट मात्रै २ करोडको कारोबार हुने अनुमान
विराटचोक — सुन्दरहरैंचा नगरपालिकाका किसान यतिबेला नगदे बालीका रूपमा कन्दमूल तरूल खन्नमै व्यस्त छन्। विगत दुई वर्षयता यस क्षेत्रमा तरूल खेतीप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। वडा नम्बर ७ र ८ राजमार्ग उत्तर तर्फका जमिनमा आजभोलि तरूल खेती जताततै देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले करिब तीन वर्षअघि थोरै जग्गाबाट तरूल खेती सुरु […]
अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई व्हीलचेयर वितरण
विराटचोक । इन्द्रपुर जेसीजले अपाङ्गता दिवसको अवसरमा पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण गरेको छ। जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो। कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन लक्षित गरी […]
पुष्पदर्शन बचत तथा ऋण सहकारीद्वारा स्वास्थ्य तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न
विराटचाेक / पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैँचा १०, मोरङको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार तथा वित्तीय सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। एन्जल्स फाउन्डेसन उर्लाबारी र नेपाल रेडक्रस साेसाइटी माेरङकाे प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हाे । याे कार्यक्रममार्फत संस्थाका शेयर सदस्यहरूलाई आधारभूत स्वास्थ्य उपचारसँग सम्बन्धित जानकारी सहित वित्तीय साक्षरताबारे जागरूक बनाउने उद्देश्यले गरिएको सहकारी […]
मोन्था चक्रवातका कारण मोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा मापन
विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातका कारण गत १२ घण्टामा मोरङको सुन्दरहरैंचाको हरैंचामा सबैभन्दा धेरै वर्षा भएको छ । विभागका अनुसार पछिल्लो १२ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै १४०.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरको उदयपुरगढीमा ८३.२, उदयपुरको गाईघाटमा ७४, उदयपुरको मुर्कुची बजारमा ७३.६, बाराको […]
सुन्दरहरैंचामा युवाहरूको फूलखेती : तिहार लक्षित उत्पादनबाट राम्रै आम्दानी
मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]










