दमक : झापाकाे दमकमा रहेको टिभिएस दमकले ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज मेनिया’ अफर सुरु गरेको छ। यही असार १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार अफरअन्तर्गत जगदम्बा मोटर्सको ‘Monsoon Plantation Offer’ पनि लागू हुनेछ। साथै, टिभिएस दमक सोरुमबाट […]
कोशी प्रदेश
कोशीकाे बजेट ३५ अर्ब ८७ करोड ९९ लाख के के छन् प्राथामिकतामा
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज (आइतबार) प्रदेशसभामा त्यति रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड बिनियोजन गरेको हो । यो चालू […]
जनचेतना सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण
मोरङको सुन्दरहरैंचा–९ मा रहेको वन क्षेत्रमा आज जनचेतना सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समूहका अध्यक्ष सिताराम पाण्डेका अनुसार करिब ३ हेक्टर जमिनमा वृक्षारोपण गरिएको हो। गत वर्ष राेपिएका विरूवाहरू अहिले हुर्किएका छन् । त्यो भन्दा तल्लो पट्टी याे वर्ष पनि राेपिएकाे हाे । यसपटक साल, साज, निम, सतिसाल, हात्तीफल लगायत जातका […]
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु
मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार बिहान श्रीमान-श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिसपी कोपिला चुँडालले जानकारी दिनु भयो । उहाँकाअनुसार सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै […]
सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
मोरङ, सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। करिब ४.४५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो। वृक्षारोपण कार्यक्रमको उद्घाटन सब डिभिजन वन कार्यालय सलकपुर वन सहायक राममाया परियारले गर्नुभयो। कार्यक्रममा खोर्साने सामुदायिक विकास केन्द्रका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा सहयोगी मनहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम […]
सुरक्षा तथा न्याय सम्बन्धी परियोजनाअन्तर्गत सामाजिक चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न
माेरङकाे सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ र UNOPS काे संयुक्त आयाेजनामा सुरक्षा तथा न्याय सम्बन्धी परियोजनाअन्तर्गत सामाजिक चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघीय निकाय UNOPS र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (UK International Development) को साझेदारीमा संचालन गरिएको “Security and Justice Program” नगरपालिकाकाे सभाहलमा आयोजना गरिएको हो। कार्यक्रम वडाध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा तथा […]
ढाका बुनाइ तालिम सम्पन्न, सहभागी महिलाहरू व्यवसायमा होमिन तयार
विराटचाेक— सुन्दरहरैंचा नगरपालिकाकाे आर्थिक सहयोगमा र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम बुधबार सम्पन्न भएको छ। चैत्र १२ गतेदेखि सञ्चालन भएको तालिममा १५ जना महिलाहरू सहभागी थिए। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मेयर केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो। “सीप प्रमाणपत्र […]
सलकपुर खानेपानी उपभोक्ता समिति : अध्यक्षमा तामाङ विजयी
विराटचाेक: सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार तामाङ विजयी हुनुभएको छ। उहाँ सलकपुर स्वतन्त्र युवा समूह नामक प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो, जसलाई नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो। तामाङले ५९५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो। उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहका दीपक गुरुङ […]
बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम
मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ । दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गरेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।‘लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जलि सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रसिकका तस्बिरमा फूल माला वा अबिरको […]
सलकपुर खानेपानी समितिको नेतृत्वकालागि १३ बुँदे कार्ययोजनासहित रामप्रसाद लुइँटेलको प्यानल मैदानमा
विराटचाेक: मोरङकाे सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि प्रगतिशील समूहले १३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको छ। “शुद्ध पानी, सुरक्षित भविष्य र उत्तरदायी नेतृत्व” भन्ने मूल नारासहित समूहले अध्यक्ष पदमा रामप्रसाद लुइँटेलको नेतृत्वमा पूर्ण प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। सोमबार सलकपुरमा रहेकाे सार्वजनिक पुस्तकालयमा आयोजित पत्रकार […]