कोशी प्रदेश फिचर समाचार

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटचाेक कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार

नझरेका फूलहरू पलेँटी साँझमा दोस्रोपटक गुञ्जिए दीप श्रेष्ठ

विराटचाेक / नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठकाे ७३औँ जन्माेत्सवका अवसरमा ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे प्लानेट लाउञ्जमा प्रस्तोता केपी घिमिरेद्वारा सञ्चालित पलेँटी साँझकाे ४० औं शृङ्खला भव्यताका साथ सम्पन्न भएको हाे। नझरेका फूलहरूकाे आयाेजनामा भएको कार्यक्रममा सङ्गीत प्रेमी दर्शकको भव्य उपस्थिति […]

कोशी प्रदेश फिचर शिक्षा समाचार

सुकुना क्याम्पसले पूर्व विद्यार्थी भेला गर्ने, सम्पूर्ण विद्यार्थीलाई सहभागी हुन अनुराेध 

विराटचाेक: मोरङको सुकुना बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरूको भेला गर्ने भएको छ । आइतबार क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा पूर्वस्ववियु सभापतिहरू सँग बसेको बैठकले यस्तो निर्णय गरेको हो । मंसिर १५ गते शक्रवार दिउसो २ बजे देखि सुरु हुने उक्त भेलामा क्याम्पसले सम्पूर्ण पूर्वविद्यार्थीहरुलाई सभागीहुन अनुरोध गरेको छ । उक्त भेलाले पूर्वविद्यार्थीहरुको संस्था समेत निर्माण गरिने […]

कोशी प्रदेश फिचर समाचार

कोशीमा मुख्यमन्त्री दाबी गर्दै कांग्रेसका कार्कीले बुझाए बहुमत सांसदहरूको हस्ताक्षर

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद ९४७ जना० को हस्ताक्षर बुझाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर कार्कीले बिहीबार कांग्रेसका ८ जना र नेकपा एमालेका उपसभामुखबाहेक ३९ जना गरी कूल ४७ जना सांसदको हस्ताक्षर बुझाएका हुन्। कोशी प्रदेश सभा ९३ सदस्यीय हो। सरकार बनाउन यहाँ ४७ जना भए बहुमत पुग्छ। मुख्यमन्त्री […]

कोशी प्रदेश फिचर राजनीति

मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च जाने

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरीत भएको भन्दै नेकपा एमाले फेरी सर्वोच्च अदालत जाने भएको छ। संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च अदालत जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर […]

कोशी प्रदेश राजनीति समाचार

संखुवासभा भएको कैदीबन्दी मृत्यू घटनामा सम्लग्नलाई कारबाही गर्न प्रदेशसभा सदस्य लिङ्थेपकाे माग

इटहरी कोशी प्रदेशसभा सदस्य विदुर लिंथेपले संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यू घटनाले दुखी बनाएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले अपराधिलाई तत्काल कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका मादी […]

कोशी प्रदेश बागमती प्रदेश मनोरंजन/कला साहित्य

‘खोटाङ प्रतिभा २०८०’ को गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ विजयी

काठमाडौंः ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह–आयोजनामा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौ जना प्रतिस्पर्धीलाई उनीहरुले पछि पारेका हुन् । प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र वराहपोखरी गाउँपालिकाका […]

कोशी प्रदेश समाचार

६ मेगावाटको सभा खोला ‘सी‘ निर्माण गर्दै अर्बिट इनर्जी, दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य

खाँदबारीः संखुवासभामा ६ दशमलव ३ मेगावाटको सभाखोला ‘सी‘ जलविद्युत आयोजना निर्माण हुने भएको छ । अर्बिट इनर्जी प्रालिले सभापोखरी गाउँपालिका भएर बग्ने सभाखोलाको पानीलाई उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो । प्रस्तावित आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । आयोजनाका मुख्य संरचनाहरू सभाखोलाको दायाँ किनारमा हेडपोण्ड तथा बायाँ किनारमा […]

कोशी प्रदेश

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले करवृद्धिको विरोधमा बुझायो ज्ञापनपत्र

विराटचोकः नगरपालिकाले अस्वाभाविक रुपमा कर वृद्धि गरेको भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले आज सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँलाई ज्ञापनपत्र बुझाएको छ । जग्गा बेचेर कर तिर भन्ने गरी नगरले गरेको करवृद्धिको निर्णय शतप्रतिशत गलत रहेको ज्ञापनपत्रमा जनाइएको छ । अति आवश्यकीय वस्तु खरीद गर्न नगरवासीलाई समस्या भइरहेको समयमा शतप्रतिशतदेखि ६ सय प्रतिशतसम्म कर वृद्धि गरिनु अनुपयुक्त […]