विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसकाे आयोजनामा भएको दुईदिने पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । पहिलाे दिनकाे शैक्षिक सम्मेलन क्याम्पस सभाकक्षमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीद्वारा Sustainability in Higher Education: Integrating Local and Global Knowledge शीर्षकको शैक्षिक सम्मेलन उदघाटन गरिएको थियाे । सम्मेलनमा पाँचवटा विदेशी विश्वविद्यालय एवम् पाँचवटा […]
Posts
नेपाल-भारत सहयोगमा बन्ने पञ्चायत माविकाे भवन शिलान्यास
विराटचाेक: भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.८१ […]
धरान प्रहरीले यसरी गर्यो चुनु कुमारी हत्या आरोपि सार्बजनिक
सुनसरीको धरान ६ पानामारा स्थित पाँचकन्या सामुदायिक बनमा गत चैत्र २५ गते सोमबार चुनु कुमारी दहालको हत्या भएको आसङकामा ६ जना पक्राउ परेको छ ।जिल्ला प्रहरी कार्यलय सुनसरीका एस एस पि सुमन तिम्सिनाको उपस्थितिमा इलाका प्रहरी धरानमा बिहीवार गरेको पत्रकार सम्मेलनमा मार्फत उक्त हत्यामा सम्लग्न ६ जनाको नाम सर्बजनिक गरेपछि उक्त घटना खुलेको हो । […]
सुकुना क्याम्पसमा हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र
माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पसद्वारा वैशाख ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पूर्वतयारीका सन्दर्भमा बुधवारका दिन क्याम्पसका सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य स्थगन गरेर शिक्षक कर्मचारीको संयुक्त बृहत् बैठक आयोजना गरिएकाे छ । कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सक्रिय सहभागी हुनुपर्ने बताए […]
भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने
नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो । रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको […]
नझरेका फूलहरूको ११औं वार्षिकोत्सवमा कवि सिजन श्रेष्ठ गुञ्जिने
विराटचाेक: नझरेका फूलहरूको ११औँ वार्षिकोत्सव, नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा पलेँटी शृङ्खलाको ४५औँ प्रस्तुतिमा लोकप्रिय युवा कवि सिजन श्रेष्ठ गुञ्जिने भएका छन्। केहि दिन अघि काठमाडौंमा भएको कार्यक्रममा श्रेष्ठको कृति “हावामा अल्झिएको स्वर”ले गामबेंसीका कवि युवा साहित्य पुरस्कार प्राप्त गर्न सफल भएकाे थियो । जसले अहिले उनकाे कृतिकाे चर्चा व्यापक भईरहेकाे छ । […]
इटहरीको सेन्टर प्लाजामा आगलागी
विराटचाेक: इटहरीको प्रमुख चोकस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। दस तले भवनको पाँचौं र छैटौं तलामा आज बिहान करिब ९:३० बजेदेखि आगो लाग्न सुरू भएको हो। सो तलामा क्युएफएक्स सिनेमा हल र एक होटल सञ्चालनमा रहेको छ। आगो निभाउने प्रयासमा इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी […]
इटहरी नमुना कलेजको ३१औं रक्तदान कार्यक्रम सम्पन्न, ७७पिन्ट रगत संकलन
इटहरी, चैत ५ / अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवस २०२५ कोअवसरमा इटहरी नमुना कलेजले रक्तदान कार्यक्रम आयोजना गरी ७७ पिन्ट रगत संकलन गरेको छ। मंगलबार ग्रीनपिस लिङ्कन कलेजको प्राङ्गणमा सम्पन्नभएको थियो। कार्यक्रममा इटहरी नमुना कलेज र ग्रीनपिस लिङ्कनकलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीयसहभागिता रहेको थियो। यो रक्तदान कार्यक्रम विराट टिचिङ अस्पतालको सहकार्यमा सम्पन्नभएको हो। रक्तदानका लागि […]
रंग, उत्साह र डिजिटल दुनियाँको नयाँ तरंग हाेली
फाल्गुन महिनाको अन्त्यसँगै चिसो मौसम हराउँदै गएको छ । बगैंचामा वसन्तको चिसो र मिठो हावा फैलिएको छ, जसले हरेक व्यक्ति मनमा एक नयाँ उमंग र उत्साह जगाएको छ । यही हर्षोल्लासका बीच, नेपालमा अर्को महत्त्वपूर्ण पर्व होलीको तयारी सुरु भएको छ । होलीको पर्व भारत र नेपालका विभिन्न भागमा हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व […]
स्ववियु निर्वाचन- सुकुना क्याम्पसमा सभापतिमा दुई ओझा भिड्ने पक्का, कतिले दिए उम्मेदवारी हेर्नुस्
विराटचाेक / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काेशी प्रदेशकै अब्बल शैक्षिक संस्था माेरङकाे सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् । क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु र (नेकपा एस) निकट अनेरास्ववियू सहित संयुक्त गठबन्धन (अखिल) समूह बाट एलिस ओझाले उम्मेदवारी दर्ता गराएका छन् । […]