काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १० औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा ८० जना अभिकर्ताको उपस्थिति थियो ।
कलङ्कीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा ‘ग्रेट माइन्ड टिम’का अभिकर्तालाई बीमासम्बन्धी जानकारी दिइएको थियो ।
कार्यक्रममा उत्कृष्ट बिजनेस भित्र्याउने ४० जना अभिकर्तालाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो । कार्यक्रममा नेपाल लाइफ ग्रेट माइन्ड टिममा अभिकर्ताहरुको व्यक्तित्व विकाससँगै, बीमा कसरी गर्ने–गराउनेजस्ता सम्पूर्ण विषयमा प्रदेश प्रमुख सपुत खनालले दिएका थिए ।
चिरञ्जीवी रानाद्वारा सञ्चालित कार्यक्रममा प्रदेश प्रमुख सपुत खनाल, काठमाडौ शाखाका शाखा प्रमुख निरज श्रेष्ठ, फर्पिङ उपशाखाका इन्चार्ज अनीर खत्रीलगायतको उपस्थिति थियो ।





Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/register?ref=IHJUI7TF