विराटचाेक / पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैँचा १०, मोरङको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार तथा वित्तीय सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। एन्जल्स फाउन्डेसन उर्लाबारी र नेपाल रेडक्रस साेसाइटी माेरङकाे प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हाे ।
याे कार्यक्रममार्फत संस्थाका शेयर सदस्यहरूलाई आधारभूत स्वास्थ्य उपचारसँग सम्बन्धित जानकारी सहित वित्तीय साक्षरताबारे जागरूक बनाउने उद्देश्यले गरिएको सहकारी संस्थाका अध्यक्ष डाेलेश्वर तिम्सिनाले बताउनुभयो ।
कार्यक्रममा डा. रम्भा मण्डलले प्राथमिक स्वास्थ्य उपचारबारे प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी सन्तोष कार्कीले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो। यस्तै बलराम यादवले गुप्त रोग (पायल्स) सम्बन्धी जानकारी गराउनुभएकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका सल्लाहकार गोविन्द प्रसाद तिम्सिना रहनुभएको थियो भने कार्यक्रमका सभापति सहकारीका अध्यक्ष डोलेश्वर तिम्सिनाले गर्नुभएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरिएको सहकारीले जनाएको छ।




