विराटचाेक/ तीज पर्वलाई लक्षित गर्दै गायिका अनु बुढाथोकीले नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक गर्ने भएकी छन्। भव्य कोरियोग्राफी र आकर्षक प्रस्तुतिसहित तयार पारिएको उक्त गीत आउँदो शुक्रबार अनु बुढाथोकीको आफ्नै युट्युब च्यानल Anu Budhathoki मार्फत रिलिज हुने भएको हो। गीतमा स्वर गायिका बुढाथोकीकै रहेको छ भने यसका शब्द यादव घिमिरेले रचना गरेका हुन्। […]
मनोरंजन/कला साहित्य
सुन्दरहरैंचामा यही साउन २६ गते बृहत लाखे जात्रा प्रदर्शनी
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा–९ स्थित काली खोला परिसरमा कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत लाखे जात्रा प्रदर्शनी हुने भएको छ। नेवा देय दबू मोरङ जिल्ला कार्यसमिति र इन्द्रपुर नेवा पुच: सुन्दरहरैंचाको संयुक्त आयोजनामा साउन २६ गते सोमबार जिल्ला स्तरीय लाखे नाच प्रदर्शनी आयोजना हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको जानकारी इन्द्रपुर नेवा: को […]
आज साउने संक्रान्ति पर्व कसरी मनाउने?
विराटचाेक – प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु […]
नझरेका फूलहरूद्वारा सञ्चालित उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
विराटचाेक/ मोरङकाे सुन्दरहरैंचामा रहेको नझरेका फूलहरूको आयोजनामा सञ्चालित सातदिने उद्घोषण तथा भाषणकला तालिम शनिबार सलकपुरस्थित सार्वजनिक पुस्तकालयमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ। असार १५ गतेदेखि सञ्चालन गरिएको तालिमको सहजीकरण नझरेका फूलहरूका प्रस्तोता तथा प्रशिक्षक केपी घिमिरेले गर्नुभएको थियो। लामो समयदेखि रेडियोमा कार्यक्रम सञ्चालन, समाचार वाचन तथा उद्घोषणमा सक्रिय रहनुभएका घिमिरेले तालिममार्फत सहभागीहरूलाई स्टेजमा आत्मविश्वासका […]
रोजगारी र अध्ययनका लागि रोजाइको गन्तव्य बन्दै ‘प्यासन जापानीज ल्याङ्वेज स्कुल इटहरी
इटहरी / इटहरी पश्चिम लाइनमा सञ्चालनमा रहेको प्यासन जापानीज ल्याङ्ग्वेज स्कुलमा जापान अध्ययन तथा काम गर्न चाहने विद्यार्थीका लागि विशेष तयारी कक्षा सञ्चालन भइरहेको छ। यस स्कुलका संचालक केपी गुरागाईंले विगत १५ वर्षदेखि जापानी भाषा र अध्ययनको क्षेत्रमा निरन्तर सेवा दिँदै आउनुभएको छ। उहाँकै नेतृत्वमा सञ्चालन भइरहेको स्कुलमा अहिले जापानको ब्याचलर डिग्री, एसएसडब्लु (SSW) भिसा […]
हात्ती नियन्त्रणमा उपयोगी निम, पूर्वाञ्चल विश्वविद्यालय परिसरमा राेप्ने अभियान
विराटचाेक/ माेरङकाे सुन्दरहरैँचा स्थिति गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कलेज अफ इन्भारमेन्ट एण्ड फरेस्ट्रीमा वृक्षारोपण अभियान सुरु गरिएको छ। सामुदायिक विकास एण्ड सोलुसन प्रालीको सौजन्यमा सञ्चालित उक्त अभियान अन्तर्गत विश्वविद्यालय परिसरमा १० हजार निमका बिरुवा रोप्ने लक्ष्य लिइएको हो। कलेजले विभिन्न अध्ययन तथा अनुसन्धानबाट निमको वनले वन्यजन्तु—विशेषतः हात्तीको प्रकोप न्यूनीकरणमा सहयोग पुग्ने देखिएको आधारमा यो […]
आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
विराटचाेक: कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो […]
धिमाल युवा प्रतिभा पुरस्कार याे वर्ष डा. सुजना धिमाललाई प्रदान गरिने
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ ।धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक […]
बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम
मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ । दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गरेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।‘लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जलि सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रसिकका तस्बिरमा फूल माला वा अबिरको […]
अटोको स्टेरिङ पछाडि दुर्गाका सपना, संघर्ष र साहसको सुन्दर यात्रा
हामीले कहिलेकाहीँ समाजको सतही तहमा अल्झिएर असल कथाहरू नदेख्ने भूल गर्छौं। तर एकपटक गहिरिएर हेर्यो भने, अटोको स्टेरिङ पछाडि पनि सपना, संघर्ष र साहसको सुन्दर यात्रा लुकेको हुन्छ। यो यात्रा हो—दुर्गा निरौलाको। एउटी आमाको, एउटी छोरीको र एउटी निर्भीक महिलाको । २०३४ सालमा जन्मिएकी दुर्गा भट्टराई परिवारकी कान्छी सन्तान हुन्। आठ जना दाजुभाइ–दिदीबहिनीको मायालु घेरामा […]










