राजनीति

रुकुम पश्चिम–१ मा प्रगतिशील लोकतान्त्रिकका जनार्दन शर्माको शुरुवाती अग्रता

विराटचोकः हिजो भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिकका उम्मेद्वारले एक निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । रुकुम पश्चिम १ बाट सो पार्टीका जनार्दन शर्माले अग्रता लिनुभएको हो । गत निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । निर्वाचन आयोगका अनुसार प्रलोपाका शर्माले ४१२ मतका साथ अग्रता लिँदा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २८७ मत पाउनुभएको छ […]

राजनीति

मोरङ ६ मा पनि रास्वपा अगाडि, मोरङका ५ क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृति पार्टीको अग्रता

विराटनगरः मोरङ क्षेत्र नम्बर ६ मा पनि रास्वपाकी उम्मेद्वार रुबिना आचार्यले अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणनामा आचार्यले ३४२३ मत ल्याउँदा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२८, नेकपा एमालेका विनोद ढकालले ६२७ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत ल्याउनुभएको छ । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ भने […]

राजनीति

महावीर पुनले लिए अग्रता, पछ्याउँदै एमाले

विराटचोकः म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुन मतगणनमा अगाडि आएका छन् । प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा रहेका पुन अहिले अग्रस्थानमा आएका हुन् । निर्वाचन आयोगका अनुसार पुनले ९६६ मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ५, नेपाल […]

राजनीति

कांग्रेसले पनि खोल्यो खाता, हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, एमाले दोस्रो

विराटचोकः प्रतिनिधिसभाको सदस्यका लागि हिजो भएको निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली दोस्रो पटक विजयी हुनुभएको छ । ३३०७ मतका साथ उहाँ विजयी हुनुभएको हो । गत निर्वाचनमा पनि उहाँ विजयी हुनुभएको थियो । गत निर्वाचनमा ल्याएभन्दा कम मत ल्याएर उहाँ विजयी हुनुभएको छ । ८ जना […]

राजनीति

अमरेशको गृहपालिकाबाट शुरु भयो सर्लाही–४ को मतगणना

मलगंवाः रास्वपा उम्मेद्वार अमरेश सिंहको गृह पालिकाबाट सर्लाही–४ को मतगणना शुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा आज बिहान सवा १० बजेबाट मतगणना शुरु भएको हो । सो क्षेत्रको बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को मतगणना शुरुमा गरिने भएको छ ।

राजनीति

प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो जीत घोषणा, काठमाडौं १ मा रास्वपाकी रञ्जु न्यौपाने विजयी

काठमाडौंः हिजो भएको प्रतिनिधि सभा निर्वाचनको पहिलो मतपरिणाम आज सार्वजनिक भएको छ । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी रहँदा अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्र ३ […]

राजनीति

म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुरलाई पछ्याउँदै महावीर पुन

विराटचोकः हिजो सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीमा खसेको मत गणना गर्न शुरु भएको छ । प्रारम्भिक गणनमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले २०१ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार महावीर पुनले ६१ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३७ मत, नेकपा एमालेका […]

राजनीति

मोरङ ४ मा फराकिलो मतान्तरले रास्वपाका सन्तोष राजवंशी अगाडि, पछ्याउँदै कांग्रेसका महामन्त्री गुरुराज घिमिरे

विराटनगरः मोरङको क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा रास्वपाका सन्तोष राजवंशीले फराकिलो मतान्तरले अग्रता लिइरहनुभएको छ । रास्वपाका राजवंशीले ३८८५ मत ल्याउँदा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ६७१ र नेकपा एमालेका जीवन घिमिरेले ४१३ मत ल्याउनुभएको छ ।

राजनीति

मोरङ ३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि, पछ्याउँदै नेपाली कांग्रेसका सुनिल शर्मा

बेलबारीः मोरङ क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले शुरुवाती अग्रता लिएका छन् । सो पार्टीका अमिर मगरले २१८ मत ल्याएका छन् । नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माले ११९, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले ११६ र नेकपा एमालेका इरनकुमार राईले २८ मत ल्याएका छन् । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा […]

राजनीति

झापा ५ मा रास्वपाका बालेनको अग्रता, पछ्याउँदै एमालेका अध्यक्ष केपी ओली

दमकः झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता लिनुभएको छ । पछिल्लो मत परिणामअनुसार रास्वपाका शाहले १४७६ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनुभएको छ ।