कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

बाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बेलबारी / बाल विकासका लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको बेलबारीमा रहेको उक्त संगठनको वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनाथ, असहाय तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने यस्तो संस्था आफ्नो […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

मोरङ क्षेत्र नं. ३ मा आचारसंहिता र निर्वाचनबारे पत्रकारसँग छलफल

विराटचाेक: मोरङ क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालको उपस्थितिमा आज पत्रकारहरूसँग आचारसंहिता तथा निर्वाचन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो। छलफलका क्रममा निर्वाचन अधिकृत अर्यालले मोरङ क्षेत्र […]

कोशी प्रदेश खेलकुद खेलकुद फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड माघ ३ देखि ५ गतेसम्म हुने

विराटचोक : माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजना सुकुना माध्यमिक विद्यालयले तथा सहआयोजना महेन्द्र माध्यमिक विद्यालयले गरेका छन् । सम्पूर्ण खेल वडा नम्बर १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा हुने छन् । बुधबार सुकुना माध्यमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी […]

कोशी प्रदेश खेलकुद खेलकुद फिचर समाचार स्थानिय

दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म

विराटचोक : दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ गतेदेखि ८ गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । प्रतियोगिताको आयोजन सिद्धार्थ युवा समाजले गरेको हो । समाजका अध्यक्ष असिम राईले पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म […]

फिचर समाचार

लेटाङमा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्तालाई सम्मान

लेटाङः लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्ता सम्मान तथा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम समापन गरिएको छ । “बेलैमा गरौँ मिलाप, नगरौँ विलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखा पर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा अधिवक्ता गणेशराज लुइँटेलले सहजीकरण […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैचाले छात्रासँग उपमेयर कार्यक्रममार्फत विपन्न तथा जेहेन्दार छात्रालाई गर्याे आर्थिक सहयोग

सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]

कोशी प्रदेश फिचर समाचार सूचना प्रबिधि स्थानिय

मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका

देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरी […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

तेली खोलामा ४ करोडको पक्की पुल योजना अलपत्र, काम सुरु गराउन मेयरउपमेयरको पहल

लेटाङ ९ पुस । मोरङको लेटाङ ८ जाँते बजारबाट मिक्लाजुङ ५ बेलटार जोड्ने हजारौँ मानिसको दैनिक आवतजावत हुने साथै पर्यटकीय रमितेसहितका क्षेत्रमा पुग्ने वैकल्पिक मार्गका रुपमा महत्वपूर्ण मानिने तेली खोलाको पक्की पुल निर्माण कार्य अझै सुरु हुन सकेको छैन । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन […]

कृषि-बातावरण जीवनशैली फिचर समाचार स्थानिय

केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन

केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ। केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध

लेटाङ : माेरङकाे लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक […]