विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १२५ स्थानमा जितेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जीत हासिल गरेको छ […]
राजनीति
इलाम २ मा एमालेका सुहाङ नेम्वाङको दोस्रो जीत
विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट सुहाङका बुबा सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । उहाँको निधनपछि भएको उपनिर्वाचनमा उहाँका छोरा सुहाङ विजयी हुनुभएको थियो । यस पटक पनि सुहाङ नै विजयी हुनुभएको हो । प्राप्त […]
५ मतको अन्तरले ओखलढुङ्गामा रास्वपा उम्मेद्वार विश्वराज पोखरेल विजयी
विराटचोकः कडा टक्करका बीच ओखलढुङ्गामा रास्वपाका उम्मेद्वार विश्वराज पोखरेलले नेपाली कांग्रेसका उम्मेद्वार कुमार लुइँटेललाई पराजित गरेका छन् । पोखरेलले लुइँटेललाई ५ मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार रास्वपाका पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत, […]
मोरङ ३ मा रास्वपाका गणेश कार्की विजयी, यस्तो छ सबै उम्मेद्वारले पाएको मत
बेलबारीः प्रतिनिधि सभा चयनका लागि बिहीबार भएको निर्वाचनबाट मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ । नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मालाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । विजयी कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा नेपाली कांग्रेसका शर्माले २४ हजार ३५४ मत ल्याउनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका शर्मा […]
धनकुटाबाट एमालेका राजेन्द्र राईले गरे जीतको ह्याट्रिक
विराटचोकः धनकुटाबाट लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै राजेन्द्र राईले धनकुटामा एमालेको साख जोगाउने काम गर्नुभएको छ । अन्तिम मत परिणामअनुसार एमालेका राईले १८ हजार १३२ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका शानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, […]
एमालेले बाँके २ बाट खोल्यो खाता, नवप्रवेशी मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी
नेपालगञ्जः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेद्वारले पहिलो जीत निकालेका छन् । बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी हुनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा उहाँ जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार भई उपविजेता हुनुभएको थियो । मनोनयन दर्ता गर्ने अघिल्लो दिन […]
रौतहट ३ मा जनता समाजवादीका गोविन्द चौधरीको अग्रता
विराटचोकः प्रतिनिधिसभा सदस्यका लागि हिजो भएको निर्वाचनको जारी प्रारम्भिक मत परिणामअनुसार जनता समाजवादीका उम्मेद्वार एक निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् । सो पार्टीका गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ मा अग्रता लिएका हुन् । निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा चौधरीले १८५ मतसहित अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र पटेलले १०७ मतसहित पछ्याइरहेका छन् । तेस्रो […]
धनकुटा र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार अघि
विराटचोकः मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये धनकुटा र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मतका साथ अग्रता लिएका छन् । नेकपा एमालेका राजेन्द्र राईले १०४० मत ल्याएका छन् । नेपाली कांग्रेसका दिनेश राईले ७३४ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा धनकुटाबाट […]
सुनसरी १ मा रास्वपाकी गोमा तामाङ अगाडि, हर्क साम्पाङ दोस्रो
धरानः सुनसरी– १ को प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार गोमा तामाङ ४६१ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले १५४ मत ल्याउँदा नेपाली कांग्रेसका सुजेन्द्र गोलेले १०७ मत र राप्रपाका उद्धव श्रेष्ठले ९५ मत ल्याउनुभएको छ । नेकपाका सूर्यबहादुर भट्टराईले ४१ मत, एमालेका टीकाराम लिम्बूले २० मत […]
गतिलो पार्टीबाट बाहिरिए बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेत
विराटचोकः बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले राजनीतिबाट बाहिर गई स्वतन्त्र नागरिकको रूपमा समाजसेवी अभियानमा समर्पित हुने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै बस्नेतले वि. सं. २०८२ भदौ २३ र २४ मा देशभर उत्पन्न जनविद्रोह र ७६ जना नवयुवाको शहादतले आफूमा गहिरो प्रभाव परेको बताउनुभएको छ […]










