बेलबारी / बाल विकासका लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको बेलबारीमा रहेको उक्त संगठनको वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनाथ, असहाय तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने यस्तो संस्था आफ्नो […]
Author: पूर्बी अनलाइन
मोरङ क्षेत्र नं. ३ मा आचारसंहिता र निर्वाचनबारे पत्रकारसँग छलफल
विराटचाेक: मोरङ क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालको उपस्थितिमा आज पत्रकारहरूसँग आचारसंहिता तथा निर्वाचन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो। छलफलका क्रममा निर्वाचन अधिकृत अर्यालले मोरङ क्षेत्र […]
सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड माघ ३ देखि ५ गतेसम्म हुने
विराटचोक : माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजना सुकुना माध्यमिक विद्यालयले तथा सहआयोजना महेन्द्र माध्यमिक विद्यालयले गरेका छन् । सम्पूर्ण खेल वडा नम्बर १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा हुने छन् । बुधबार सुकुना माध्यमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी […]
दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म
विराटचोक : दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ गतेदेखि ८ गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । प्रतियोगिताको आयोजन सिद्धार्थ युवा समाजले गरेको हो । समाजका अध्यक्ष असिम राईले पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म […]
आज बेलबारी महोत्सवमा स्वप्न सुमन र लक्ष्मी पौडेलको साङ्गीतिक प्रस्तुति
बेलबारीः दोस्रो बेलबारी महोत्सवको पाँचौँ दिन आज युवापुस्ताका अत्यन्तै लोकप्रिय र चर्चित गायक स्वप्न सुमनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको आजको साङ्गीतिक साँझमा स्वप्न सुमनलाई कलाकार लक्ष्मी पौडेलले साथ दिनेछिन् । नेपाल आइडलको सिजन ४ मा तहल्का मच्चाएकी उनी बेलबारीकै बासिन्दा हुन् । पुस २५ गतेदेखि शुरु […]
आज राष्ट्रिय भक्का दिवस
विराटचोकः आज ‘राष्ट्रिय भक्का दिवस’ विशेष गरी पूर्वी तराईका जिल्लामा मनाइँदैछ । कोच राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन् । कोचिला गाभुर फ्रन्टको आयोजनामा २०७४ सालदेखि हरेक वर्ष पुस २९ गते सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालिएको हो । कोच राजवंशी समुदायले विशेष परिकारको रुपमा चिसो मौसममा खाने प्रमुख […]
सुन्दरहरैंचामा माघ १ गते यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुने
विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ । माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने […]
सामाजिक मिलन केन्द्र प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ज्येष्ठ नागरिकलाई सम्मान
गोठगाउँः सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचाको तेस्रो वार्षिक साधारणसभा शनिबार प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रतिष्ठानका ज्येष्ठ आजीवन सदस्यलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले तेजप्रसाद सिटौला, मधुसुदन घिमिरेलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । साधारणसभाले प्रतिष्ठानका अध्यक्ष गंगानाथ पोखरेलले प्रस्तुत गर्नुभएको […]
सुन र चाँदीको भाउ दुवैले बनाए हालसम्मकै उच्च मूल्यको रेकर्ड
विराटचोकः आज सुन र चाँदी दुवैको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेका छन् । आज सुनको भाउ तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको २०५ रुपैयाँ बढेको छ । यो सँगै सुनको भाउले पुस गते कायम गरेको उच्च मूल्यको रेकर्ड तोडेको हो । हिजो पनि सुनको भाउ पुस १३ गतेकै मूल्यमा पुगेको […]
लेटाङमा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्तालाई सम्मान
लेटाङः लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्ता सम्मान तथा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम समापन गरिएको छ । “बेलैमा गरौँ मिलाप, नगरौँ विलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखा पर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा अधिवक्ता गणेशराज लुइँटेलले सहजीकरण […]










